A Non-Governmental Organization in Formal Consultative Relations with UNESCO
[English] [French] [German] [Hindi] [Mandarin] [Nepali] [Persian] [Portuguese] [Spanish] [Swahili]
आईसीटीएम विधानलाई जोड दिदै नैतिक सिद्दान्त र पेशागत इमान्दारितको घोषणा गर्दै;
समानता, सामाजिक सहभागिता, मानव अधिकार, र प्रदर्शन कलाको दिगो निरन्तरताको प्राप्तिको लागि संगीत र नृत्य अध्येताहरूका साथै कलाकारहरु, सांस्कृतिक कार्यकर्ताहरु, नीति निर्माताहरु, र अन्य व्यक्तिहरु, समुहहरु र संस्थाहरूलाई एकिकृत गर्ने आईसीटीएमको मिसनलाई अझ जोड दिदै;
बृहत् अन्तराष्ट्रिय सदस्यताको संरचना, विभिन्न विद्वतापूर्ण परम्पराहरुको विश्वव्यापी समावेशीकरण, र निश्चित विषयगत र भौगोलिक केन्द्रित अध्ययन समूहको फाईदा लिदै;
अंग्रेजी बाहेकका अन्य भाषाहरू, तिनको मूल्य, र वैचारिक शक्तिको सम्मान गर्नुपर्ने आवश्यकता स्वीकार गर्दै;
यसको अतिरिक्त ब्ल्याक लाईफ म्याटर आन्दोलनबाट पुन: स्थापित, मानवीय विभिन्नतामा निष्पक्षता र प्रतिष्ठाको ज्ञानगत, नैतिक, र राजनैतिक खोजको स्वीकार गर्दै ;
राष्ट्रियता, जातियता, वर्गीयता, भाषा, धर्म, लिंग, लिंग-भेद, उमेर, शारीरिक प्रकार, असमर्थता, सामाजिक-आर्थिक पृष्ठभूमि, पेशागत वर्गीकरण, अनुसन्धानात्मक सिध्दान्त तथा विधि, र अन्य आधारमा हुने भेदभावपुर्ण र/अथवा पक्षपातपूर्ण अभ्यासहरुमाथि जित हासिल गर्ने उदेश्यलाई परिचित बनाउदै, यस्ता संस्थाहरु जस्तै आईसीटीएमले हाल भईरहेको चिन्तन र क्रियाकलापको परिकल्पना प्रबर्धन गर्दै; र
यसको अतिरिक्त त्यस्ता अभ्यासहरु निरन्तर रुपमा संस्थाहरु र व्यक्तिगत प्रवृत्तिहरुभित्र गहिरोसँग जोडिइरहेको, शैक्षिक वर्गीकरणमा, श्रम बजारमा, प्रकाशन अभ्यसमा, कोष संचालन, र लगातार हाम्रो कामको अस्थिर प्रकृतिमा प्रतिबिम्बित भएको स्वीकार गर्दै;
आईसीटीएम यी क्षेत्रहरुमा, संगीत र नृत्य अध्ययनको विउपनिवेशीकरणसँग सम्बन्धित, साथसाथै आईसीटीएमको संरचनामा, कार्यकलापहरु अघि बढाउन दृढ संकल्प अभिव्यक्त गर्दछ।
आईसीटीएमको विभिन्न सदस्यहरुलाई विभिन्न दृष्टकोणबाट वार्तामा संलग्न गराउने उदेश्यकासाथ तलका गतिविधिहरु सूचीबध्द गरिएका छन्:
आईसीटीएम डायलग अनलाईन श्रृंखलाहरु निश्चित हरेक विषय वस्तुमा केन्द्रित भएर विभन्न सहभागीहरुको सहभागितामा आयोजना गरिने छ, जसमा विभिन्न क्षमताकासाथ उनीहरु अनुसन्धानमा, सूचनासंग्रह, अध्यापनमा, संरक्षण, र संगीत, नृत्य, र सम्बन्धित प्रदर्शनी कलाको दिगो निरन्तरतामा संलग्नरहेका छन्। हरेक सभाको लागि, एक वा एकभन्दा बढी मानव अधिकार, विउपनिवेशीकरण, र/अथवा सम्बन्धित विषयका पाठहरु सबै सहभागीहरु तथादर्शकहरुलाई अग्रिम उपलब्ध गराइने छन्। कार्यकारिणी बोर्डले नियुक्त गरेको संयोजक समितिले अध्ययन समूह, राष्ट्रिय तथा क्षेत्रिय समिति, रसाधारण सदस्यलाई सभा संयोजन गर्न र अध्यक्षता गर्न प्रस्ताव पेश गर्न निमन्त्रणा गर्नेछन्।
आईसीटीएमको एक सर्वेक्षणमा सदस्यहरुलाई आईसीटीएमको कार्यक्रमहरु अथवा आईसीटीएमको प्रकाशनको सम्बन्धमा, आईसीटीएम भन्दा बाहिरको कामको वातावरण, र शैक्षिक जीवनको विभिन्न वृत्तमा कसरी सम्भावित भेदभावपुर्ण र/अथवा पक्षपातपूर्ण अभ्यासहरुको अन्त गर्न सकिन्छ भनेर पहिचान, वर्णन, र सुझाव दिन आमन्त्रण गर्ने।
कार्यकारिणी बोर्डको इन्टरनेट उपस्थिति समितिले आईसीटीएमको अनलाईन मन्चको प्रयोगमा व्यापक प्रकारको सामाग्री समावेश गर्न र अधिक विभिन्नतासहितको पात्रहरू र दर्शकहरूलाई संलग्नताको प्रोत्साहन गराउने तरिकाको विचार गरिनेछ।
कार्यकारिणी बोर्डको समितिले विध्यार्थी र प्रारम्भिक पेशाका सदस्यहरुलाई, जो आईसीटीएममा कम प्रतिनिधित्व भएका क्षेत्रबाट छन् र/अथवा आर्थिक असमानताको सामना गरेका छन्, आईसीटीएमको कार्यक्रममा सहभागी गराउन मद कार्पल्स, योङ् स्कोलर्स, र अन्य कोषहरुमा वर्तमान सम्भावनाहरुको सुधार गर्न विचार गर्ने।
प्रेसिडेन्टको राउण्ड टेबलबाट सम्बोधन भएका माथिका विषयहरुलाई २०२२ विश्व सम्मेलनमा समावेश गराउन विचार गरिनेछ।
कार्यकारिणी बोर्डले निरन्तर रुपमा भेदभावको अवस्थाको, दुर्व्यवहार, अथवा अन्य कुनै आईसीटीएम कार्यक्रममा भएका घटनाको विवरण दिने उपकरणको विकास गर्ने विमर्श गरिनेछ।
कार्यकारिणी बोर्डले निरन्तर रुपमा कसरी आईसीटीएमको बोर्डको समितिहरुको संरचना र संचालनसहितको शासन प्रणालीको, आईसीटीएमको विउपनिवेशीकरणप्रतिको प्रतिबध्दता राम्ररी झल्कने गरि, कसरी सुधार गर्न सकिन्छ भनेर विमर्श गरिनेछ।
Translator: Subash Giri